२०८२, २९ असार आईतबार

प्रकाश सपुतले गरे ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ

प्रकाश सपुतले गरे ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ


काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म ‘वसन्त’को सुटिङ पूरा गरेर उनले सोमबार काठमाडौमा डबिङ गरेका हुन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । फिल्मको देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।

प्रकाशित मिति : २०८१, २१ आश्विन सोमबार  ६ : १५ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म