२०८२, ३ श्रावण शनिबार

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।

प्रकाशित मिति : २०८१, २० आश्विन आईतबार  १२ : ३९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै