२०८३, ३० आश्विन शनिबार

उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान

उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान


काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्धार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।

कार्यवाहक अध्यक्ष पोखरेलले शनिवार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गर्नुभएको छ । पोखरेलले एमालेका सबै तहका कमिटी,जनप्रतिनिधि र जन वर्गीय संगठनहरुलाई समन्वयात्मकता परिचालित हुन निर्देशन दिनुभएको छ ।

पोखरेलले अन्य राजनीतिक दलका साथै सामाजिक संघ संस्थाहरुलाई पनि राहत तथा उद्धारमा परिचालित हुन अनुरोध गर्नुभएको छ । घाइतेको उपचार र बेपत्ताहरूको अविलम्ब खोजी कार्य गर्न पोखरेलले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ७ : ०६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा