२०८३, २८ आश्विन बिहीबार

एमाले बागमतीद्धारा कार्यकर्तालाई नागरिकको जीवन रक्षामा लाग्न अपील

एमाले बागमतीद्धारा कार्यकर्तालाई नागरिकको जीवन रक्षामा लाग्न अपील


काठमाडौंनेकपा एमाले बागमती प्रदेशमा लगातारको वर्षाका कारणले आएको वाढी तथा पहिरोमा परेर जनधनको क्षति भएको प्रति दुःख व्यक्तगर्दै पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा लाग्न अपील गरेको छ ।
अविरल वर्षाका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएपछि एमाले प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले नदीको तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र जोखिममा परेकाहरुको उद्धार तथा राहतमा खटिन एमालेका तमामा पार्टी कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । प्रचार विभाग प्रमुख लामाले प्राकृतिक विपत्तीले उत्पन्न विषम परिस्थितिका कारण काठमाडौ लगायत अन्य स्थानमा राखिएका पार्टीका पूर्व निर्धारित कार्यक्रमहरु स्थगन गरिएको बताउनु भएको छ ।
प्राकृतिक विपत्तिबाट बच्ने एउटै उपाय भनेको सचेत रहने र जोखिम भएको ठाउँबाट सुरक्षित स्थानमा सर्ने हो र एक अर्कामा हातेमालो र सञ्चार गर्ने हो उहाँले अगाडि भन्नुभयो ।
उहाँले बाढी र पहिरोबाट वेपत्ता भएकाहरुको उद्धार तथा जीवन रक्षामा लाग्नु एमाले कार्यकर्ताको पहिलो काम भएको बताउँदै नेता लामाले विद्युत आपूर्ति र सञ्चार सम्पर्कलाई कायम राख्न सरकारी अधिकारीहरुको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ११ : १४ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै