२०८३, २९ आश्विन शुक्रबार

आन्तरिक उडानमा समस्या, भरतपुर र सुर्खेतको उडान रद्द

आन्तरिक उडानमा समस्या, भरतपुर र सुर्खेतको उडान रद्द


काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए । उनले अहिलेम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ५ : ४४ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’