२०८३, ३१ असार बिहीबार

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात


काठमाडौं । नेपालमा १५ भेराइटी(प्रकार)का स्याउ उत्पादन हुने गरेको पाइएको छ । स्याउ व्यवसायीहरुका अनुसार नेपालमा चारपाँच किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइएपनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो ।
कर्णालीका हुम्ला, जुम्लालगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ । किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन् ।
‘मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ । कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन भइरहेको छ । तर चारपाँच किसिमका मात्र उत्पादन हुने भनेर प्रचार गरिनु दुखद हो,’ प्रमुख कार्कीले भने । नेपालकै उत्पादनले बजार धान्न सक्नेभएपनि सरकारले त्यसलाई महत्व नदिएको उनको बुझाइ छ ।
नेपाली बजारमा स्वदेशी उत्पादन पुग्न नसकेको उनले बताए । जुम्लाका किसान रामसिंह रावलका अनुसार सरकारले स्याउलाई प्राथमिकता नदिएको र कोल्ड स्टोर निर्माणमा ध्यान दिन सकेको छैन ।
‘चाडपर्वको समयमा हामीले नेपाली स्याउलाई काठमाडौंलगायत देशका मुख्य शहरमा पुर्याउने गरेको भएपनि धुवानीका कारण व्यवसायी मारमा पर्ने गरेका छन् । हुम्लामा २० रुपैंयाँ किलोमा पाइने स्याउ काठमाडौं पुर्याउन मात्र ८० रुपैंयाँ खर्च गर्नुपरेको छ । हुम्लाको अवस्था पनि उस्तै छ,’ रावलले भने ।
धुवानीको अभावमा सयौं किलो स्याउ कुहिने गरेको र गाइबस्तुले पनि नखाने गरेको उनले बताए । नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ । नेपालमा स्याउ पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत चीन र भारतबाट आयात भइरहेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १ : ५० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै