२०८३, १९ असार शनिबार

सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि सहज वातावरण निर्माण गर्छ ’

सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि सहज वातावरण निर्माण गर्छ ’


काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि काम गर्न सहज वातावरण निर्माण गर्ने बताएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए  ।

उनले भने,‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ, । पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’

उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यस क्षेत्रमा नीजि क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि बताए ।

फरक सन्दर्भमा शहरी विकासमन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थिक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताए  ।

अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठुला दल मिलेर सरकार बनेको भन्दै उनले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १ : ४६ बजे

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी

आज पनि मनसुनी सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

ओभरटाइममा ब्रेक लगाउँदै आयल निगम, प्रशासनिक कर्मचारीको सुविधा कटौती

काठमाडौं । नेपाल आयल निगममा वर्षौंदेखि विवादको विषय बन्दै आएको

बालेन सरकारको सय दिन असफल, संविधानदेखि अर्थतन्त्रसम्म सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको