२०८३, २९ आश्विन शुक्रबार

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं ।  नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ सय रूपैयाँ बढी हो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ११ : ५८ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा