२०८३, ३० आश्विन शनिबार

मौसम खराबभएपछि हवाई उडान प्रभावित

मौसम खराबभएपछि हवाई उडान प्रभावित


काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर)उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउनटेन फ्लाइटहरु रद्द भएका छन् । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १० : ३९ बजे

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री