२०८३, ३० आश्विन शनिबार

वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द

वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो ।

नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो । नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको तीन अंकमात्र छ । छैटौँ स्थानको ओमानले सात खेलबाट ६ अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ७ : ३३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा