२०८३, ७ कार्तिक शनिबार

नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाक्री

नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाक्री


काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई  सम्मान गरिएको छ । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच भण्डारी सहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको  हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भैइरहेको बताएकी छन् । उनले नेपाली भलिबल ईतिहासमा यो  टिमले भलिबलको युगलाई जन्माएको बताइन् ।

उनले  भनिन् , ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात अपराजित यात्राको  लागि खेलाडी बहिनीहरुलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो  हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो  युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरुले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल ईतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’

साथै, उनले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताईन् । उनले भलिबललाई अझै उच्च स्थानमा पुर्याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताईन् ।

प्रकाशित मिति : २०८१, ८ आश्विन मंगलबार  १० : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना