२०८३, १ कार्तिक आईतबार

दुर्गा प्रसाईंका समर्थकले झापामा तीन ट्रकमा आगजनी : चालक घाइते

दुर्गा प्रसाईंका समर्थकले झापामा तीन ट्रकमा आगजनी : चालक घाइते


झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले  गएराती तीनवटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा  चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ

त्यस्तेगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ७ : २३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा