२०८२, ११ बैशाख बिहीबार

चलचित्र ‘एक्टरस् टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक

चलचित्र ‘एक्टरस् टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक


काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टरस् टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ ।

निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन् । पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ ।

एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ । यी पोस्टरहरूबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ ।

‘एक्टरस् टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह(निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट(प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आईतबार  ५ : ३३ बजे

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि