२०८२, २४ असार मंगलबार

प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत

प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत


काठमाडौं ।  मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् ।

मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पीटि (The Best GentlemanÚs Probationer for PT) पुरस्कारद्वारा पुरस्कृत भएका हुन् ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी पाँच जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार  ८ : ३७ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज