२०८३, १८ आश्विन सोमबार

आज संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भयो, टुँडिखेल र दरबारमार्गमा विशेष समारोह

आज संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भयो, टुँडिखेल र दरबारमार्गमा विशेष समारोह


काठमाडौं । आज संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ । यो अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ।

नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

आजै साँझ राष्ट्रपति पौडेलले शीतलनिवासमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ।संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

नेपाली जनताको सातदशक लामो संघर्ष, वलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ।

‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै ९ वर्ष पूरा भएको छ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस सांगितिक प्रस्तुती हुनेछ।

यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार  ७ : ४६ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा