२०८२, २ मंसिर मंगलबार

चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु : अध्यक्ष डिसि

चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु : अध्यक्ष डिसि


काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् ।

बुधबार नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नविकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम अगाडि बढाएको बताएका हुन् ।

उनले भने,‘ मैले केही कुराहरु अगाडि बढाएको छु । त्यसमा सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु । त्यसपछि आफै सदस्य नविकरण गर्ने, स्वास्थ्य बिमाको कुरा छ । यसबारे पनि काम गर्ने छु । यो संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम गर्नेछु । यो कुरा कुर्सीमा भएको भएर मात्र भनेको होईन् ।’

उनले चलचित्रका स्टेक होल्डरहरु चलचित्रको खम्बा रहेको भन्दै संघका सबै सदस्यहरुरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुन नसक्ने बताए ।

उनले भने,‘चलचित्रका स्टेक होल्डरहरु जुन छन् । उनीहरु चलचित्रका पिल्लरहरु हुन् । चलचित्र विकास बोर्ड जहिले पनि ९ वटा पिल्लरमा उभिएको छ । यो कुर्सिमा बस्दा सरकारले नियुक्त गरेको भएपनि ९ वटा पिल्लरबाट आएका मानिस भएको हुनाले उनीहरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुदँैन् । सरकारलाई हाम्रो कुरा मनाउनको लागि यो कुर्सीमा बस्ने एकजनाले मात्र सक्दैँन् । स्टेक होल्डरहरुका सबै समस्या समाधान प्रयासहरु गर्छु ।’

अध्यक्ष डिसिले अब स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने व्यवस्था गर्नका साथै उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधैँ त्यही ठाँउमा जाने व्यवस्था दशैँपछि सुरु गर्ने जानकारी गराए ।

उनले भने,‘स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने छन्, सबैको डाटाहरु लिने छ र उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधैँ त्यही ठाँउमा जाने र ६ वटा फोन गर्नुपर्ने, यताउता गर्नुपर्ने अवस्थामा पु¥याउने छु । यो काम दशैँपछि सुरु गर्ने छौ ।’

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार  ६ : १२ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी