२०८३, १५ कार्तिक आईतबार

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको तयारी भइरहेको छ ।
५४ वर्षीय हण्टर बाइडनले २०१६ देखि २०१९ सम्म १.४ मिलियन डलर कर नतिरेको आरोप लगाइएको थियो । उनले सुरुमा आरोपहरू स्वीकार गर्दै निर्दोष भएको बताउँदै आएका थिए ।

तीन महिना पहिले, हण्टर बाइडनलाई हतियार र मादक पदार्थ प्रयोगसँग सम्बन्धित आरोपहरूमा दोषी ठहराइएको थियो ।
जसका कारण उनी अमेरिकाको बहालवाला राष्ट्रपतिका पुत्रका रूपमा पहिलो पटक दोषी ठहरिएका थिए ।
लस एन्जलस अदालतमा बिहीबार अन्तिम समय उनी नैं वटा करछलीका आरोप स्वीकार गरेको बीबीसीले जनाएको छ ।
उनको मुद्दामा जूरी छनोटको प्रक्रिया सुरु हुन लागेको थियो । त्यसका लागि एकसय भन्दा बढी संभावित जूरी सदस्यहरूले प्यानल चयन प्रक्रिया सुरु गर्नको लागि जम्मा भएका थिए ।

बाइडनका वकिल अब्बे लोवेलले ‘व्यक्तिगत चासोको लागि’ परीक्षणबाट रोक्न चाहेको बताए । उनले यो घटना ‘ड्रगको लतका कारण’ पनि भएको बताए । जज मार्क स्कार्सीका अनुसार आरोप स्वीकार गरेपछि हण्टर बाइडनलाई १५ वर्षसम्मको जेल सजाय र पाँच लाखदेखि १० लाख डलरसम्म जरिवाना लाग्न सक्छ । अब फैसला १६ डिसेम्बरमा हुनेछ ।
राष्ट्रपति बाइडनले पहिला नै आफ्ना पुत्रलाई माफी दिने कार्यकारी शक्तिको उपयोग नगर्ने बताइसकेका थिए ।
साधारण कर अपराधको आरोपमा हण्टर बाइडनले अघिल्लो वर्ष डेलावेयरमा दोष स्वीकार गर्न सहमति जनाएका थिए ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : ३९ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने