२०८३, १८ आश्विन सोमबार

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात


काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुआत गरेको छ । बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् । खेलको ३४औं मिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो ।

मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे । यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसकीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायम भएको छ ।

खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पु¥यायो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो । यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : २१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय