२०८३, २५ आश्विन सोमबार

निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता

निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् ।
बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने उनले बताए । उनले भने,अब निजामति सेवा ऐन चाँडै आउँछ । हामी जहाँ जाँदा पनि पहिला प्रश्न यही तेर्सिन्छ । छलफलमा नै राखेर बस्ने हो भने दुईतीन वर्ष नै जान्छ । त्यसैले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छु ।

उहाँहरुको निर्देशन लिन्छु । र छलफल गरेर अगाडि बढ्छौं ।’ मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे । उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला ।’

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार  ८ : ०८ बजे

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,