२०८३, ३० आश्विन शनिबार

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा पाण्डे विजयी

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा पाण्डे विजयी



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।
प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याए ।

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए । चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।
सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतम राज वाग्ले विजयी भए । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चय भए ।
पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० सदस्य पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार  २ : १६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा