२०८३, १५ कार्तिक आईतबार

आज सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौं समेत हल्लियो

आज सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौं समेत हल्लियो


काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान करिब ६ः१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ । यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प भएको जानकारी दिंदै अधिकारीले भने, ‘यो सानो खाले भूकम्प हो ।’ गोरखा भूकम्पपछि हजारौँ परकम्प गइसकेका छन् ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार  ७ : ३६ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग