२०८३, २३ आश्विन शनिबार

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न


काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको तादी घ्याङफेदी हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता पीपीए सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका(१ मा निर्माण हुनेछ ।

यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० २०८० बैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।

यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।

यो जलविद्युत् आयोजनामा पूर्णलाल श्रेष्ठ, बलराम खतिवडा, अस्कर अली लगायतको लगानी रहेको छ । बलराम खतिवडा इप्पानका महासचिव हुन् । अस्कर अली यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ उनको सूचना प्रविधि आईटी विज्ञका रुपमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  १० : १७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि