२०८३, १४ कार्तिक शनिबार

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ


काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र  भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् । उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने र विजुली बाल्ने काम पूरा भएको छैन । करिब आठ महिना वितिसक्दा पनि वातावरण वा परिस्थिति नमिलेर केही ढिलाइ भएको छ । हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौं । अब एक महिना अर्थात असोजभरीमा त्यहाँको १०२ मेगावाट विजुली उत्पादन गर्दैछौं ।’

साथै उनले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए । उनले छिटो भन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए ।

कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, उर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  २ : ४९ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक