२०८३, २७ आश्विन बुधबार

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं ठाकुर गैरे

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं ठाकुर गैरे


काठमाडौं । नेकपा एमाले का सांसद ठाकुर गैरेल मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको बताउनु भएको छ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रियाअन्र्तक्रिया, त्यसका लागी थुप्रै समितिहरु निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौं। तर पनि समस्या चाहिं विभिन्न रुपले यथावत छ।’

साथै उहाँले मिटरब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो। जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उहाँको भनाई छ। यस्तै उहाँले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रकृयामा गयो अर्थात पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइ राख्ने त्यसको चाँही कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिती छ त्यसमा हामीले टाइट हुनुपर्यो।’

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  २ : २८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल