२०८३, १३ श्रावण बिहीबार

कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाए

कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाए


काठमाडौं । केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ ।

मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँग सहकार्य गरी युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाएको हो ।

‘मानन्धर समुदायको सघन बसोबास रहेका विभिन्न टोल मध्ये काठमाडौंका ८ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागी थिए,’ कार्यक्रम संयोजक सन्देश मानन्धरले बताए ।

कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उनले जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिंदै आएको योगदानलाई प्रशंसा गरिन् ।

फरक प्रसङ्गमा डंगोलले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका खलः, पुचः र गुठीको लागि चालू आवमा महानगरले यथोचित बजेट विनियोजन गर्न नसकेको स्वीकार गरिन् ।

मेयर बालेन शाहप्रति इँगित गर्दै डेपुटी मेयर डंगोलले महानगरबासीकै करको योगदानबाट निर्माण भएको बजेटमा थुप्रै संघसंस्थाको अधिकार विमुख भएको बताइन् । हुन पनि आव २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौति भएको छ । गत वर्ष विनियोजित बजेटलाई चालू आवमा निरन्तरता दिने सवालमा मेयर शाह र कार्यपालिकाका अन्य सदस्यहरुबीच असमझदारी सिर्जना भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ३४ बजे

सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाबीच गृह मन्त्रालयमा छलफल, गृहमन्त्री सुनसरी प्रस्थान

काठमाडौं । देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाबीच गृह मन्त्रालयमा

शिक्षा र स्वास्थ्य समता शुल्क आजदेखि खारेज, असुलिएको रकम १५ दिनभित्र फिर्ता गर्नुपर्ने

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै

विराटनगर । सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका दुई

राष्ट्रिय हित र शान्तिका लागि एकजुट हुन ओलीको आह्वान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।