२०८३, ६ कार्तिक शुक्रबार

काठमाडौं नाडा अटो शोको १६औं संस्करण, अर्थमन्त्री पौडेलले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं नाडा अटो शोको १६औं संस्करण, अर्थमन्त्री पौडेलले गरे उद्घाटन (फोटोफिचर)


काठमाडौं । नाडा अटो शो भृकुटी मण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । नाडाले आयोजना गरेको यो १६ औं संस्करण हो ।

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे ।

उनले अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकार समक्ष आग्रह पनि गरे । उनले कार्यक्रममा उपस्थित अर्थमन्त्री पौडेल समक्ष अटोमोबाईल्स व्यवसायीलाई नेपालमै बस्न मिल्ने वातावरण मिलाइदिन भनेका छन् ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नाडामा १३० स्टलहरू रहेका छन् ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  १० : ०६ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट