२०८३, ६ कार्तिक शुक्रबार

अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र


काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जनाएको हो ।

दूतावासले उनीहरू सकुशल रहेको र उनीहरूलाई सहायताका लागि तयारी भइरहेको पनि जनाइएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केही दिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो ।

दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । ‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कैयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ’, दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

अवैध रुपमा विदेशी नागरिक तेस्रो मुलुक आउन थालेपछि ब्राजिल सरकारले आफ्नो देशको प्रवेशाज्ञा लिएकालाई मात्रै प्रवेश अनुमति दिने निर्णय पनि गरेको छ । ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने पनि स्पष्ट पारेको छ । साथै आवश्यक कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ९ : २६ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट