२०८३, २७ जेष्ठ बिहीबार

मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने

मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा लिन सकिने उर्जा क्षेत्रको विकासको तिव्रताको गतिलाई पूर्णता दिनुपर्ने बताए । थन्केर बसेको ठूला आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको भन्दै पूर्वमन्त्रीहरुसँग छलफल मन्त्रालयलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘लक्ष्यहरु परिपूर्ती गर्न र विक्री गर्न आयस्रोतका हिसाबले पनि मुलुकको ठूलो आय स्रोतका रुपमा लैजान प्रशस्त कामहरु गर्नुपर्नेछ ।  चुनौति र अनुभव अब राज्यले लिनुपर्ने नीतिका लागि आवश्यक छ । ठूला आयोजनाहरु थन्केर बसेको अवस्था छ । यिनलाई अब अगाडि बढाउनुपर्ने आवश्यक छ । यहाँहरुको अनुभव पनि यो मन्त्रालयलाई मार्गदर्शन हुनेछ ।’

त्यस्तै पूर्वउर्जामन्त्री शक्ति बहादुर बस्नेतले जलासययुक्त आयोजनामा नगइ नहुने अवस्था रहेकाले यसका निजी क्षेत्रलाई ल्याउन आवश्यक रहेको बताए । आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैले उत्पादन गर्ने योजनाका लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प नरहेको र जलासययुक्त आयोजनामा लागतको हिसाबले आकर्षक नरहेको कारण यसमा राज्यले केही व्यवस्थापन गर्नुपर्छ,’ उनले भने,‘जलासययुक्र आयोजनामा नगइ हुँदैन । यसमा निजी क्षेत्र आएकै छैन् ।सुख्खा मौसममा आत्मनिर्भर हुने र आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैले उत्पादन गर्ने योजना हुनैपर्छ । त्यसको लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प छैन् ।’

त्यस्तै पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले योजनाहरु बनाउने तर निर्धारित समयमा सम्पन्न नहुँदा त्यसको लागत बढेर गएको भन्दै कसरी सम्पन्न गर्ने त्यसको बारेमा गम्भीरताकासाथ सोच्न आवश्यक रहेको बताए । जलस्रोतको विकासबाट नै देशको समृद्धि हुने भएकाले विद्युतको विकासमा ध्यान पूर्ण रुपले केन्द«त हुन जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ४ : ५६ बजे

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो