२०८३, २९ आश्विन शुक्रबार

लगानीमैत्री वातावरणका लागि कानून बाधक छन् : मन्त्री भण्डारी

लगानीमैत्री वातावरणका लागि कानून बाधक छन् : मन्त्री भण्डारी


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अझै पनि थुप्रै कानूनहरु लगानीमैत्री वातावरण बन्ने कुरामा बाधक रहेको बताएका छन् ।

मंगरबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको बैठकमा उनले जग्गा प्राप्तीदेखि उद्योग स्थापना सबैमा अन्तरमन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहेको भन्दै यसको संशोधनको प्रक्रिया अगाडि बढाएको बताए ।
उनले भने, ‘आजपनिथुप्रै कानूनहरु लगानीमैत्री वातावरण बन्ने कुरामा बाधकको रुपमा रहेका छन् । जग्गा प्राप्तीको कुरा होस्, उद्योगखानी, खनिजलगायतका कामको लागि अहिले पनि अन्तर मन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहे । त्यसलाई पनि संशोधनको माध्यमबाट अगाडि बढाएका छौ । त्यसमा केही सुधारको प्रक्रियाहरु पनि भएका छन् ।’
यस्तै, उनले उत्पादन र कृषिको योगदान घटेको हुँदा जीडिपी ग्रोथ जस्तो हुनुपर्ने हो नभएको भन्दै यसमा सरकार संवेदनशील रहेको पनि बताए ।

यसको साथै, विकासोन्मुख राष्ट्रको रुपमा पाउनुपर्ने सहुलियतहरु कटौटी हुँदा व्यापार नीतिमा पर्ने असरबारे मन्त्रालयले आवश्यक तयारी गरिरहेको भन्दै प्रधानमन्त्रीले पनि सरकारका प्राथमिकता संसदमा प्रस्तुत गरिसकेको उनको भनाई छ ।
समितिमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव÷असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही र प्रगतिको अवस्था बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ४ : ३९ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा