२०८३, ३० आश्विन शनिबार

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित


काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जीत निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औं मिनेटमा अग्रता लिएको थियो । भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए ।

३९ औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो ।

५३ औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो । भेरोनाको भने यो पहिलो हार हो ।

इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ६ : ४८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा