२०८२, १७ पुस बिहीबार

रुसका ९२ गाउँ युक्रेनको कब्जामा

रुसका ९२ गाउँ युक्रेनको कब्जामा


काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरुले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दावी गरेको छ । युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ ।

पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा सहरमा प्रवेश गरेपछि लेनिनको मूर्ति भत्काएका छन् ।

गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो । यद्यपि पुटिनले पछि यसलाई नियन्त्रण गरेका थिए । अब कुस्र्कमा युक्रेनी सेनाको सफलतापछि पुटिनको लोकप्रियतामा आएको गिरावट फेरि बढेको छ ।

अगस्ट ६ तारिखमा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दावी गरिएको छ । युक्रेनी सेना कुस्र्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको जनाइएको छ ।

१६ अगस्टमा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएको थियो । त्यहाँबाट रूसी सेना पछि हट्नु परेको थियो ।

सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो ।

यही कारण सामाजिक सञ्जालमा रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुस्र्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनको भनाइ छ । 

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ६ : ५६ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण