२०८३, २४ आश्विन आईतबार

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् ।
उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने वक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तिमा भदौ महिनाभित्र नत्र दशैं अगाडिसम्म सबै किसानहरुले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री अधिकारीले उखु किसानहरुको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैं अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ । उनले भने,‘उखु किसानहरुको बारेमा पनि मन्त्रालय जानकार छ । दशै अगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौं ।’

उनले सँधै उधारो दुध किसानबाट लिने ,नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दिर्घकालिन रुपमा समाधनका लागि पहल गरिरहेको उनल ेजानकारी दिए ।

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ६ : ४२ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५