२०८२, ११ मंसिर बिहीबार

भूकम्प प्रभावितले चाँडै लाभ पाउनेगरी काम भइरहेको छ : गृहमन्त्री

भूकम्प प्रभावितले चाँडै लाभ पाउनेगरी काम भइरहेको छ : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउनेगरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धि प्रतिवेदनमाथि भएको छलफलमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक प्रकोपमा सबै तहले आ–आफ्नो ठाउँमा काम गर्ने स्थिति बनोस् र सबैले समन्वयात्मक रुपमा काम गरेर चाँडो भन्दा चाँडो परिणाम आओस भनेर स्थानीय, प्रदेश र संघ सरकारलाई संलग्न गराउने गरी कार्यविधि र मापदण्डहरु बनेका छन्,’ भूकम्प पीडितको विवरण संकलन गरी सोको आधारमा राहत र अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको गृहमन्त्री लेखकको भनाइ छ ।

‘रुकुम पश्चिममा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ छ । जसका लागि रु ८२ करोड ४९ लाख वितरण गरिएको छ । हालसम्म जिल्ला विपद् कोषबाट १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता वितरण गर्न स्थानीय विपद् कोषमा रु ४० करोड पठाइसकिएको छ,’ उनले भने । जाजकोटमा ४८ हजार ५ सय १६ लाभग्राही मध्ये ४० हजार ४१ परिवारले पहिलो किस्ता प्राप्त गरिसकेका उनले बताए । उक्त प्रयोजनका लागि हालसम्म १ अर्ब १० लाख २५ हजार रकम भुक्तानी भइसकेको भन्दै मन्त्री लेखकले १ हजार ३९ परिवारले दोस्रो किस्ता बापत २ करोड ५७ लाख ७५ हजार भुक्तानी पाइसकेका बताए ।

जाजरकोटमा जिल्ला विपद् व्यवस्थापन कोषबाट हालसम्म एक अर्ब १८ करोड ४० लाख ७५ हजार रकम स्थानीय विपद् व्यवस्थापन कोषमा पठाइसकिएको उनको भनाइ छ । यस्तै सल्यानमा ४ हजार ४ सय १७ भूकम्प प्राविभत लाभग्राहीका लागि ५ करोड ४ लाख २५ हजार रकम पठाइएको उनले बताए ।

‘पछि थपिएका २ हजार ४ सय ६ लाभग्राहीका लागि रकम निकासा प्रक्रियामा रहेको छ । केही पालिकामा सुरुमा समाबिष्ट सबै परिवारले रकम पाउने स्थिति नरहेको भन्दै विस्तृत क्षति मुल्यांकनपछि स्थायी आवास पुनर्निमाणको कार्य अगाडि बढेको छ,’ उनले भने । गृहमन्त्री लेखकका अनुसार रुकुम पश्चिममा जोखिममा रहेका बस्ती तथा विस्थापित घरपरिवारहरुलाई स्थानीय तहहरुको समन्वयमा आफन्तकोमा र सुरक्षित आश्रय स्थलमा बसोबास गर्ने प्रबन्ध मिलाइएको थियो ।

‘मनसुनजन्य विपत्तिबाट मुत्यु, बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न साझेदार संस्थाहरुको समन्वयमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहमा समुदायसँग परामर्श र छलफल भएको छ। जाजरकोटमा उच्च जोखिममा रहेका चार वटा बस्तीका ५० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सल्यानका १० वटै पालिकाका जोखिमयुक्त बस्तीको पहिचान गरिएको छ,’ उनले भने ।

तीनवटै जिल्लाका भूकम्प प्रभावित क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहले आफ्ना बार्षिक नीति तथा कार्यक्रम, वार्षिक योजना तथा बजेटमा विशेष प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताए । तीन जिल्लामा भूकम्पले भत्किएका सडकको मर्मत भइसकेको भन्दै भूकम्प पीडितलाई लक्षित गरी आयआर्जनका कार्यक्रमका लागि नगद रकम उपलब्ध गराइने उनले बताए । तीन जिल्लामा भूकम्पले क्षतिग्रस्त सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सुचारु भइसकेको पनि उनले बताए ।

‘भू–उपयोग नीति अनुरुप एकीकृत आवास क्षेत्र निर्माण गर्न अध्ययन एवम् सर्भे भइ प्रतिवेदन प्राप्तिको चरणमा रहेको छ । जाजरकोटका ८२ वटा बस्ती उच्च जोखिममा रहेको भन्दै स्थानान्तरण गर्नुपर्ने प्रारम्भीक अध्ययनले देखाएको छ । तीन वटै जिल्लामा भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर र गुम्बाको पुनर्निमाण गरिने छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ६ : २७ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री