२०८३, ३० आश्विन शनिबार

तनहुँमा ढिस्को खस्दा पृथ्वी राजमार्ग बन्द

तनहुँमा ढिस्को खस्दा पृथ्वी राजमार्ग बन्द


काठमाडौ । तनहुँको घाँसीकुवामा आज साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी सिडिओ जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो।

अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन सकिने अवस्था छैन, उनले भने, भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ। राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो गएको ठाउँ नजिकैबाट सानो गाडी जाने वैकल्पिक मार्ग भए पनि ठूला गाडी उक्त बाटो गुड्न नसक्ने उनले बताए।

ठूला गाडीलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा जान लगाइएको छ। पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको सिडिओ गौतमले बताए ।

पृथ्वी राजमार्ग फराकिलो बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीलाई भोलि बिहानैदेखि पहिरो पन्छाउन निर्देशन दिएको पनि उनले बताए ।

प्रकाशित मिति : २०८१, ५ भाद्र बुधबार  ९ : २१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा