२०८३, १३ आश्विन बुधबार

माओवादीको जननिर्वाचित पुर्व वडा अध्यक्ष एमाले प्रवेस

माओवादीको जननिर्वाचित पुर्व वडा अध्यक्ष एमाले प्रवेस


उदयपुर : नेकपा एमालेले लिएको देश बनाउने संकल्प र एमालेको नीतिलाई बिश्वास गर्दै उदयपुरमा बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन नेकपा एमालेले आह्वान गरिरहेका बेला उक्त महत्वपूर्ण आकांक्षालाई पुरा गर्न उदयपुरमा एमाले प्रवेशको लहर चलेको हो । गत चैतमा सम्पन्न एमाले उदयपुरको नवौं जिल्ला अधिबेशन मार्फत भागवत राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए यता विभिन्न पार्टी परित्याग गरि उदयपुरमा एमालेमा प्रवेश गर्नेको संख्या २ सय ७९ पुगेको अध्यक्ष राउतले जानकारी दिनु भयो ।

आइतबार मात्र नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य, त्रियुगा नगर कमिटि सचिव तथा २०७४ मा त्रियुगा नगरपालिका वडा नम्बर १४ बाट निर्वाचित वडा अध्यक्ष कुरुङ राई र नेपाली कांग्रेसकी क्रियाशील सदस्य तथा २०७९ को निर्वाचनमा त्रियुगा नगरपालिका वडा नम्बर १४ को अध्यक्ष पदमा कांग्रेसबाट वडा अध्यक्षको प्रत्यासी रहनु भएकी गीता थापा नेकपा एमाले प्रवेश गर्नु भएको छ । प्रवेश गर्दै वहाँहरूले एमालेको सिद्धान्त, जनताको भावनामा अनुरुप काम गर्ने शैली र नेकपा एमालेको नीति राम्रो लागेर आफुहरु एमालेमा समाहित हुन आएको बताउनु भयो । एमालेमा प्रवेश गर्दै कुरुङ राईले २०६० साल देखी आफु माओवादीमा आबद्ध भएको भन्दै माओवादीमा आफुले गरेका कामको योगदान कहिले पनि नभएको र मुलुकको ठुलो पार्टी एमालेमा आफु समाहित भएको बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरीले अब एमाले उदयपुरलाई पुरानो लाल किल्लाको विरासत फर्काउन कसैले रोक्न नसक्ने दावी गर्नु भयो । उहाँले सिंगो एमाले उदयपुर एक ढिक्का भएर मिसन ८४ सफल गर्ने भन्दै आज प्रवेश गर्नुहुने कुरुङ राई र गीता थापा मिसन ८४ सफल बनाउने थप अर्को पिलर भएको जिकिर गर्दै आफुहरुको अभियानमा होमिन आउनु भएकोमा वहाँहरूलाई बधाई दिनु भयो । एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टी प्रवेश गर्ने सम्पूर्ण नवआगन्तुकहरुलाई पार्टीले उचित जिम्मेवारी दिने र मिसन ८४ अभियान सफल बनाउने एक भएर लाग्ने बताउनु भयो । अध्यक्ष राउतले एमाले पार्टीको नीति नियम र सिद्धान्त बिपरित गतिबिधि गर्ने जोकोही कारबाहीको भागिदार समेत बन्ने हुँदा सबैले एमालेको विचार र सिद्धान्तमा रहेर काम गर्न समेत आग्रह गर्नु भयो ।

नेकपा एमाले उदयपुर जिल्लाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम एमाले उदयपुर इन्चार्ज समेत रहनु भएकी पार्टी पोलिटब्युरो सदस्य मन्जु चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष भागवाट राउतले गर्नु भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटि सचिवालय सदस्य ईश्वरमणी राउत, प्रदेश सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद अमरबहादुर रायमाझी, प्रदेश सदस्य प्रकाश बस्नेत, कान्ता राई, एमले केन्द्रीय सल्लाहाका परिषद सदस्य बैकुण्ठ दाहाल लागतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम एमाले उदयपुरका सचिव टेकबहादुर राउतले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१, २ भाद्र आईतबार  ५ : ४७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय