२०८३, ६ असार आईतबार

अब रेमिट्यान्स सेवालाई थप परिष्कृत बनाउछौं : चन्द्र ढकाल

अब रेमिट्यान्स सेवालाई थप परिष्कृत बनाउछौं : चन्द्र ढकाल


काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमईले छिट्टै नै आईपीओ जारी गर्ने बताएका छन् । आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले आइएमईलाई चाँडै नै सर्वसाधारणमा लैजाने बताएका हुन् । ‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो’ उनले भने ।

रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन दुईवटा रेमिट कम्पनीहरुबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको उनको भनाइ छ । आजभन्दा करिब २५ वर्ष अगाडि सन् २००१ मा मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा सहज नभए पनि सफलताको यो उचाई स्मरणीय भएको उनले बताए ।

‘नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो । जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो’ विगतलाई स्मरण गर्दै ढकालले भने । उनी भन्छन्, ‘नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ ।’

आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको र पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको समेत उनले बताए । आफूहरूले आईएमई सुरू गर्दा रेमिट बारे जानकारी नै नभएको समेत उनले बताए । ‘हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन। डलर कारोबारको अनुमती सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो । निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरि सकेको थियो’ उनले भने ।

१ करोड चुक्ता पुँजीमा खुलेको आईएमई अहिले १ अर्वको कम्पनी हुँदै पहिलो मर्जर गर्ने कम्पनी बनेको छ । आईएमई खुल्दा २० प्रतिशतमात्र औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेकोमा अहिले ८० प्रतिशत औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिन सफल भएको समेत ढकालले बताए ।

जसमध्य पनि ५० प्रतिशत आईएमई, जीएमई र ग्लोबल आईएमई बैंकबाट रेमिट्यान्स भित्रिन्छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।
व्यवसायलाई सफल बनाउन मुख्य ३ सुत्रले काम गरेको उनले बताए । ‘हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिकरुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ’ – उनले भने ।

आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।

आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको उनले सुनाए ।

सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना अगाडि बढेको पनि उनले बताए । उनी थप्छन्, ‘हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।’

रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको भन्दै उनले नियामक निकैलाई झक्झकाए । ‘रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ’ उनले भने ।

आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट विदा लिने पनि जानकारी समेत ढकालले जानकारी गराए ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार  ८ : ४३ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे