२०८३, ३० आश्विन शनिबार

भौतिक पूर्वाधारमन्त्री दाहाल : मेलम्चीमा बाढीले क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने प्रतिवद्धता

भौतिक पूर्वाधारमन्त्री दाहाल : मेलम्चीमा बाढीले क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने प्रतिवद्धता


सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीमा पुग्नुभएको छ ।मन्त्री दाहाल तीन वर्ष अघिको बाढीका कारण क्षतीग्रस्त बनेका हेलम्बु तथा मेलम्ची क्षेत्रका भौतिक संरचनाहरुको पुनःनिर्माणको अबस्थाबारे निरिक्षण गर्न पुग्नु भएको हो ।

बाढीग्रस्त क्षेत्रमा अवलोकन तथा निरीक्षणका मंगलबार आउनु भएका मन्त्री दाहालले बाढीले क्षतीग्रस्त बनाएका पुल तथा सडकको निर्माणमा मन्त्रालयले प्राथमिकता दिने प्रष्ट पार्नुभयो । बाढीले शैक्षिक संस्था, कृषि, पशुपालनलगायतका क्षेत्रमा भएको क्षतीतथा त्यससँग सम्वन्धित संरचना निर्माणका लागि सम्वन्धित मन्त्रालयहरुसँग समन्वय गरिने जानकारीसमेत मन्त्री दाहालले दिनुभयो ।

मन्त्री दाहाललाई पूर्वमन्त्री शेरबहादुर तामाङले बाढीबाट अर्वौंको नोक्सानी व्यहोरोको र सर्वसाधारण अझै आफ्नो थातथलोमा फर्किन नसकेको बताउनु भयो । सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथा सडक विभागअन्तर्गतका अन्य अधिकारी एवं प्राविधिकसहित मन्त्री दाहालले मेलम्ची र हेलम्बूका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार  ८ : ३२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा