२०८३, १० कार्तिक मंगलबार

भौतिक पूर्वाधारमन्त्री दाहाल : मेलम्चीमा बाढीले क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने प्रतिवद्धता

भौतिक पूर्वाधारमन्त्री दाहाल : मेलम्चीमा बाढीले क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने प्रतिवद्धता


सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीमा पुग्नुभएको छ ।मन्त्री दाहाल तीन वर्ष अघिको बाढीका कारण क्षतीग्रस्त बनेका हेलम्बु तथा मेलम्ची क्षेत्रका भौतिक संरचनाहरुको पुनःनिर्माणको अबस्थाबारे निरिक्षण गर्न पुग्नु भएको हो ।

बाढीग्रस्त क्षेत्रमा अवलोकन तथा निरीक्षणका मंगलबार आउनु भएका मन्त्री दाहालले बाढीले क्षतीग्रस्त बनाएका पुल तथा सडकको निर्माणमा मन्त्रालयले प्राथमिकता दिने प्रष्ट पार्नुभयो । बाढीले शैक्षिक संस्था, कृषि, पशुपालनलगायतका क्षेत्रमा भएको क्षतीतथा त्यससँग सम्वन्धित संरचना निर्माणका लागि सम्वन्धित मन्त्रालयहरुसँग समन्वय गरिने जानकारीसमेत मन्त्री दाहालले दिनुभयो ।

मन्त्री दाहाललाई पूर्वमन्त्री शेरबहादुर तामाङले बाढीबाट अर्वौंको नोक्सानी व्यहोरोको र सर्वसाधारण अझै आफ्नो थातथलोमा फर्किन नसकेको बताउनु भयो । सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथा सडक विभागअन्तर्गतका अन्य अधिकारी एवं प्राविधिकसहित मन्त्री दाहालले मेलम्ची र हेलम्बूका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार  ८ : ३२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना