२०८३, २९ आश्विन शुक्रबार

आजको मौसम अपडेट : सबै प्रदेशमा पानी पर्ने सम्भावना

आजको मौसम अपडेट : सबै प्रदेशमा पानी पर्ने सम्भावना


काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । पछिल्लो चौबीस घण्टामा ओखलढुंगामा ८१.६, संखुवासभाको खाँदबारीमा ६२.४, सुनसरीको धरानमा ५२, खोटाङको ऐँसेलुखर्कमा ५४.४, दोलखाको सिँगटीमा ५५.८, बैतडीको सिद्धपुरमा ४५ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार  ८ : १६ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा