२०८३, २० आश्विन बुधबार

आज राष्ट्रिय सभामा प्रधानमन्त्रीसहित यी मन्त्रीले जवाफ दिंदै

आज राष्ट्रिय सभामा प्रधानमन्त्रीसहित यी मन्त्रीले जवाफ दिंदै


काठमाडौं । राष्ट्रिय सभामा बिहीबार प्रश्नोत्तरको कार्यसूची छ । दिउँसो १ १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नेछन् । बैठकमा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रमममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्त्रन्धी पत्रको व्यहोरासमेत जानकारी गराउने छन् ।

यस्तै प्रधानन्त्री ओलीले महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ सभा समक्ष पेश गर्नेछन् । यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्पप्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१’ सभामा प्रस्तुत गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार  ८ : १२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय