२०८१, २ माघ बुधबार

कटारी नगरपालिकाको तेह्रौं नगर सभामा चरम बिवाद, नगर प्रमुखले मनेमानी गरेको आरोप

कटारी नगरपालिकाको तेह्रौं नगर सभामा चरम बिवाद, नगर प्रमुखले मनेमानी गरेको आरोप


उदयपुर । उदयपुरको कटारी नगरपालिकाको तेह्रौं नगर सभामा चरम बिवाद भएको छ । लामो बिवादका कारण रोकिएको कटारी नगरपालिकाको तेह्रौं नगर सभा यही साउन २७ गते आइतवार देखी सुरु भएको भए पनि नगरसभामा सभालाई नै छलेर गत आर्थिक बर्षको खर्च अनुमोदन गराउन खोजे पछि बिवद चर्किएको हो । नगरपालिकाले गत आर्थिक बर्षमा आन्तरिक श्रोत वपतको राजस्व लुकाएर नगरप्रमुखले मनोमानी गरेको बजेट कार्यपालिका बैठकले अनुमोद गराउन कोषिश गरेको भन्दै सभाका सदश्यहरुले प्रश्न गरेपछि विवाद सुरु भएको हो ।


कटारी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरपालिकामा संघीय सरकारबाट प्राप्त गरेको खानी तथा वन रोयल्टी बापतको राजश्व नगर प्रमुखले मनोमानी ढंगले आफु खुशी खर्च गरेपछी बिवाद भएको हो । नगरको १२औं (अघिल्लो बर्ष)े नगरसभामा खानी तथा वन रोयल्टी बापतको राजश्वको अनुमान नगरीएको र उक्त राजस्व आर्थिक बर्षको विचमा प्राप्त आम्दानीलाई कार्यपालिकामा जानकारी समेत नगराई टिप्पणि आदेशका भरमा खर्च गरेकोले कार्यपालिका सदस्यहरुले यस विषयमा विरोध जनाउदै आएको नगर उपप्रमुख गीता खड्काले बताउनु भयो ।


आर्थिक बर्ष २०८०÷८१ को बजेट नगरसभाबाट पारित भै योजनाहरु संञ्चालन भैरहेको अवस्थामा नगरसभाले अनुमान गरेको राजश्व भन्दा फरक शिर्षकबाट (वन रोयल्टि र खनिज तथा खानी रोयल्टी) प्राप्तरु १ करोड ७६ लाख ५८ हजार प्राप्त भयको मा उत्तः वजेट कार्यपालिका बैठक वा नगरसभामा प्रस्तुत नगरि २०८१ वैशाख १० गते नगरपालिकाको योजना शाखाका सवइन्जिनियर ओम बहादुर मिश्रले टिप्पणि उठाएको प्रमुख प्रशासकिय अधिकृतले निर्णायर्थ पेश गरेको र नगरप्रमुखले सदर गरि कार्यन्व्यन गरेको देखियो उपमेयर खडकाले बताउनु भयो ।

उक्त कार्य स्थानिय सरकार संञ्चालन ऐन २०७४ विपरित भएको कार्यपालिका सदस्य तथा वडा नं २ का वडा अध्यक्ष प्रेम थापाको भनाई छ । उहाँ भन्नु हुन्छ “ योजना शाखामा अन्य सिनियर कर्मचारी हुँदाहँुदै तल्लो तहको प्राविधिकबाट टिप्पणि उठाउनु, बैशाख ११ गतेनै कार्यपालिकाको वैठक बसेकोमा उक्त टिप्पणिको विषयमा बैठकमा जानकारी नगराउनु र २०८१ वैशाख २१ गतेको नगर सभामा समेत यो विषय अनुमोदनको लागि पेश नगर्नुले यस विषयमा आफहरुको असहमति रहेको छ ।’’ आन्तरिक श्रोत वपतको राजस्व लुकाएर अहिले उक्त विषय घुमाउरो पारामा सभा बाट पास गराउन कोषिश गरे पछि तेह्रौं नगर सभा भाडिएको हो ।


यसैबिच यो विषययमा साउन १६ गतेको कार्यपालिका बैठकमा उक्त विषय अनुमोदन नगर्ने र बाकि विषयहरुमा नगरसभा सम्पन्न गर्ने सहमति भए अनुसार नगरसभा बोलाईको भए पनि नगरसभामा आव २०८०÷०८१ को सम्पुर्ण व्यय अनुमोदन गर्ने भन्ने उल्ल्ोख गरेर घुमाउरो पारामा पास गराउने कोषिस गरिकोले पनि कार्यपालिकाका सदश्यहरुले यस विषयमा प्रश्न उठाएपछि सभा सम्पन्न भएको भन्दै प्रमुख प्रशाशकिय अधिकृत बैठक पुस्तिका बोकेर सभाबाट निस्किएको र सम्पर्क विहिन भएको कार्यपालिका सदश्य तथा वडा नंं ११ का वडा अध्यक्ष अनन्त हायुले बताउनु भयो । उहाले भन्नु भयो “हामीले कार्यपालिका बैठकमै यो विषय अनुमोदन नगर्ने निर्णय गरेका थियौ, तर सभामा घुमाउरो पारमा ढोका हुँदाहुँदै जस्केला बाट यो विषय छिराएर अनुमोदन गराउने प्रयास गरियो, सुरुमा हामी सबै अन्यौलमा पर्यो पछि यो १ करोड ७६ लाख ५८ हजार समेत सम्पुर्ण खर्च अनुमोदन गर्ने शिर्षकमा ल्यायको हो भनि सभाका सदश्यहरुले प्रस्न उठाए पछि नगर प्रमुखले जवाफ नै नदिई सभा सम्पन्न भएको घोषणा गर्नु भयो निर्णयनै नलेखी प्रमुख प्रशासकिय अधिकृत बैठक पुस्तिका बोकेर सम्पर्क विहिन हुनु भयो । ’’ सभामा उठेका प्रश्नको जवाफनै नदिई सभामा कुनै पनि विषयमा दफावार छलफल नगरि सभा सकिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत सम्पर्क विहिन भएपछि नगर प्रमुखले सोमबार ९ बजे बस्ने गरि नगर सभा स्थगित गरेको जानकारी गराएको उनले बताए ।


उता आईतबारै नगरसभा सम्पन्न भएको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो नगरसभा हामीले आइतवारनै सम्पन्न गरेका हौ सभा सम्पन्न भएको घोषणा भै सकेपछि केही साथिहरुले प्रश्न उठाउनु भयो त्यसको छलफलको लागि सोमबार ९ बजे बसेर छलफल गरौला भनेका हौ सभाकै निरन्तरता भनेका छैनौ, सभामा निति तथा कार्यक्रम बजेट लगाएतका विषयहरु अनुमोदनका लागि प्रस्तुत गर्दा सबैले तालि बजाउनु भयो मैले कार्यक्रम समापन गरे नगर सभा सम्पन्न भए पनि सभाका सदश्यले उठाउनु भएको प्रश्नहरु प्रति म गम्भिरछु यसको साथिहरुले छानबिन गर्नुहोस गल्ती भएको ठहरीए म भोग्न तयार छु यसको वाहानामा नगरसभालाई बन्दक बनाएर नगरपालिकालाई फेल गराउनु हुदैन ।’’


आईतबार विवाद भएपछि सोमबार नगरसभालाई निरन्तरता दिने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्राई सम्पर्कमा नआए पछी नगर सभामा के गर्ने भन्नेमा अन्यौल भयो, नगर प्रमुखले समेत उपस्थित जनाउन नमाने पछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा बहुमत सदश्यहरुले माइन्युट गरि आ.व. २०८१÷०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेको कार्यपालिका सदस्य तथा वडा नं १४ का वडा अध्यक्ष अम्बर खुलालले बताउनु भयो । उहाले भन्नु भयो “हामिले हिजो उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौ त्यो बैठक पुस्तिका सहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहिन भए पछि नगरसभालाई पुर्णता दिन हामीले आज सभालाई निरन्तरता दिदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट , निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्ने सहित महत्वपुर्ण निर्णय गर्दै नगरसभालाई पुर्णता दिएका छौ भने नगरप्रमुख समेत आज उपस्थित नहुनु भएकाले कार्यन्वयनका लागि नगर प्रमुखलाई अनुरोध गरेका छौ ।’’


कटारी नगरपालिकाका नगर सभाका बहुमत सदस्यहरुले टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार रुपैँयालाइ अनुमोदन नगरी तत्काल आ.व. २०८१÷०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेर अघि बढ्नु पर्ने र उक्त रकमका बिषयमा छानबिन गर्नुपर्ने माग राख्दै अएका छन । उनिहरुले नगरपालिका स्थानिय सरकार संञ्चालन ऐन २०७४ विपरित कसैको मनेमानी तरिका बाट संचाल नहुने समेत बताएका छन । अन्जनी कुमार अधिकारी

प्रकाशित मिति : २०८१, ३० श्रावण बुधबार  १२ : १८ बजे

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको