२०८२, ३१ जेष्ठ शनिबार

त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन : शिक्षा मन्त्री भट्टराई

त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन : शिक्षा मन्त्री भट्टराई


काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताउनुभएको छ।

मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै, मन्त्री भट्टराईले कुनै गुनासो न आउने गरि कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताउनुभयो। भट्टराईले उक्त कुरा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौं साधारण सभाको उद्घाटन गर्दै बताउनुभयो।

राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गर्नुभयो।

हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं भन्दै सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८१, २६ श्रावण शनिबार  ११ : २३ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।