२०८३, ३० आश्विन शनिबार

उद्योग मन्त्री भण्डारी द्वारा विसाखापटनम पोर्टको अवलोकन भ्रमण

उद्योग मन्त्री भण्डारी द्वारा विसाखापटनम पोर्टको अवलोकन भ्रमण


काठमाडौ । गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विसाखापटनम पोर्टको अवलोकन भ्रमण गरेकाछन् । उनले पोर्टको पुर्वाधार तथा सेवाहरुको बिषयमा प्रत्यक्ष अवलोकन गरेर जानकारी लिएकाछन् ।

अवलोकनका क्रममा सामान लोड अनलोडको प्रक्रिया, सामानहरु सिपमा व्यवस्थापन गर्ने प्रक्रिया लगायतका बिषयमा जानकारी लिनुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । विसाखापटनमबाट बिरगन्ज सम्म रेलको दुरिका हिसाबले टाढा भएपनि पानिजहाजबाट ढुवानी गरिने हुदाँ सस्तो मै ढुवानी हुने पोर्ट नियमनकारी निकायको भनाई छ । मन्त्री भण्डारीले आयातनिर्यातका क्रममा लजेस्टीकमा बढी रकम खर्च भैरहेको बिषयमा ध्यानाकर्षण गराएकाछन् । त्यसको सहजीकरणका लागि आगामी दिनमा सरकारसंग समन्वय गरिने पोर्ट नियमनकारी निकायको भनाई छ ।


आयात निर्यातमा प्रक्रियागत सरलीकरण गर्न र ढुवानी लागत घटाउने बिषयमा छलफल केन्द्रीत रहेको मन्त्री भडारीको सचिवालयले जनाएको छ । तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले उपलब्ध गराएको बिसाखापटनम पोर्टको अवलोकन गरि पोर्टको नियमनकारी निकाय र सिपिङ कम्पनीहरुसंग अन्तरक्रिया आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ९ : ३४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा