२०८३, ३० आश्विन शनिबार

सञ्चारमन्त्री गुरुङद्वारा गण्डकी प्रदेश रासस कार्यालयको निरीक्षण

सञ्चारमन्त्री गुरुङद्वारा गण्डकी प्रदेश रासस कार्यालयको निरीक्षण


गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित राष्ट्रिय समाचार समिति रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ।

“राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उहाँले भन्नुभयो। मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले पत्रकारको वृत्ति विकासमा पनि आफ्नो जोड रहने उल्लेख गर्नुभयो। “राससको प्रभावकारिता वृद्धिमा तपाईंहरुको ठाउँबाट इमान्दारीका साथ लाग्नुहोस्, मेरोतर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भन्नुभयो।

निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो । मन्त्री गुरुङसमक्ष उहाँले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । उहाँलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ८ : २६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा