२०८२, १७ पुस बिहीबार

‘पार्टी एकता हाम्रो पहिलो सर्त हो’ डा. राजन भट्टराई

‘पार्टी एकता हाम्रो पहिलो सर्त हो’ डा. राजन भट्टराई


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले पार्टी एकता पहिलो सर्त रहेको बताउनुभएको छ ।
शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको पूर्व पार्टी प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको बिदाइ तथा नयाँ इञ्चार्ज भट्टराईको स्वागत कार्यक्रममा यस्तो बताउनु भएको हो । यसैगरी भट्टराईले वाग्मतीको राजनीतिले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने बताउनुभयो । ‘सिङ्गो मुलुक वाग्मती हेरिरहेको हुन्छ, राजधानी हेरिरहेको हुन्छ’, भट्टराईले भन्नुभयो ।
राजधानीको जनमतले सिङ्गो देशको जनमतलाई प्रभावित पार्ने भट्टराईले बताउनुभयो । त्यसैले वाग्मतीमा पार्टी बलियो हुँदा देश भरि नै त्यसले सकारात्मक सन्देश जाने उहाँले प्रष्ट पार्नुभयो । ‘वाग्मतीको एमाले अब्बल हुनुपर्‍यो, वाग्मतीको एमाले चुस्त हुनु पर्‍यो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिका लागि मात्र होइन अन्तराष्ट्रिय राजनीतिका सन्दर्भमा समेत वाग्मतीको राजनीतिले अर्थ राख्ने उहाँले बताउनुभयो । वाग्मती र राजधानीमा जित्दा सबैसँग आँखा जुधाएर कुरा गर्न सकिने उहाँको धारणा छभट्टराईले कोही समयका लागि अधिवेशनको बेलामा फरक ठाउँमा उभिए पनि अबको वाग्मतीको एमाले एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । एकताबद्ध एमालले मात्र मिसन २०८४ पुरा गर्न सक्ने उहाँले बताउनुभयो ।

एमाले एकताबद्ध भएर अघि बढ्यो भने कसैले पनि परास्त गर्न नसक्ने भट्टराईको भनाइ छ । ‘ पार्टी एकता हाम्रो पहिलो सर्त हो’, उहाँले भन्नुभयो । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश अन्तर्गतका १३ वटै जिल्ला कमिटीका इन्चार्जहरू, वाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा सस्यदरु, जिल्ला अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  २ : ०७ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण