२०८३, ९ भाद्र बुधबार

‘पार्टी एकता हाम्रो पहिलो सर्त हो’ डा. राजन भट्टराई

‘पार्टी एकता हाम्रो पहिलो सर्त हो’ डा. राजन भट्टराई


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले पार्टी एकता पहिलो सर्त रहेको बताउनुभएको छ ।
शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको पूर्व पार्टी प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको बिदाइ तथा नयाँ इञ्चार्ज भट्टराईको स्वागत कार्यक्रममा यस्तो बताउनु भएको हो । यसैगरी भट्टराईले वाग्मतीको राजनीतिले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने बताउनुभयो । ‘सिङ्गो मुलुक वाग्मती हेरिरहेको हुन्छ, राजधानी हेरिरहेको हुन्छ’, भट्टराईले भन्नुभयो ।
राजधानीको जनमतले सिङ्गो देशको जनमतलाई प्रभावित पार्ने भट्टराईले बताउनुभयो । त्यसैले वाग्मतीमा पार्टी बलियो हुँदा देश भरि नै त्यसले सकारात्मक सन्देश जाने उहाँले प्रष्ट पार्नुभयो । ‘वाग्मतीको एमाले अब्बल हुनुपर्‍यो, वाग्मतीको एमाले चुस्त हुनु पर्‍यो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिका लागि मात्र होइन अन्तराष्ट्रिय राजनीतिका सन्दर्भमा समेत वाग्मतीको राजनीतिले अर्थ राख्ने उहाँले बताउनुभयो । वाग्मती र राजधानीमा जित्दा सबैसँग आँखा जुधाएर कुरा गर्न सकिने उहाँको धारणा छभट्टराईले कोही समयका लागि अधिवेशनको बेलामा फरक ठाउँमा उभिए पनि अबको वाग्मतीको एमाले एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । एकताबद्ध एमालले मात्र मिसन २०८४ पुरा गर्न सक्ने उहाँले बताउनुभयो ।

एमाले एकताबद्ध भएर अघि बढ्यो भने कसैले पनि परास्त गर्न नसक्ने भट्टराईको भनाइ छ । ‘ पार्टी एकता हाम्रो पहिलो सर्त हो’, उहाँले भन्नुभयो । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश अन्तर्गतका १३ वटै जिल्ला कमिटीका इन्चार्जहरू, वाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा सस्यदरु, जिल्ला अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  २ : ०७ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण