२०८२, २८ कार्तिक शुक्रबार

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग


काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनुपर्ने, मापदण्डविपरीत रहेका कलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ । साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्र्टनसीप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरुपता हुनुपर्ने एशोसिएशनको माग छ ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा.नवीन यादवले आफूहरुको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरु नेपाल फर्किन बाध्य भएको उनले सुनाए ।

बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरुले यी मागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए । त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमा पर्याप्त बहस नै नभएको बताए । यस विषयमा नेपाली पत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ ।

लाखौंलाख विद्यार्थी मेडिकल शिक्षा पढ्न जान बाध्य हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले राखेको माग पूरा गर्न सरकारलाई उनले आग्रह गरे । अहिले बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु त्यहाँ चर्किएको आन्दोलनका कारण समस्यामा रहेको बताउँदै पत्रकार धमलाले त्यतातिर राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

‘नेपाली विद्यार्थीहरुले चीन, बंगलादेश, फिलिपिन्सलगायतका देशमा पढेर आउँदा समस्या छ । सरकारले सहयोग नै गर्दैन । मेडिकल काउन्सिलले शर्त दिन्छ । त्यो पूरा गर्न समस्या छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले अगाडि सारेको जायज र सान्दर्भिक माग पूरा गराउन सञ्चार जगत लाग्नुपर्छ,’– पत्रकार धमलाले भने ।

त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कीले सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीप गर्दा उतैको औषधीको नाम सिक्नुपर्छ । जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधीहरुको नाम सिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्नसक्छौं,’उनले भनिन् ।

साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरुको पढाइ प्रभावित भएको उनले सुनाइन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीप चाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१, २० श्रावण आईतबार  ८ : २९ बजे

एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नेकपा एमालेमा समाहित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटीले नेकपा एमालेमा

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की

सन्तोष परियारले रास्वपा परित्याग गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता सन्तोष

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा