२०८३, १६ आश्विन शनिबार

भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सकियो

भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सकियो


काठमाडौं । काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।

आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतको उपस्थिति थियो । भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

भोटो जात्रामा प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।
गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय हुने गरेको छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा समापन हुने परम्परा छ ।
करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरूमा परिक्रमा गराइन्छ ।

विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुवात गराएको मानिन्छ ।

प्रकाशित मिति : २०८१, २० श्रावण आईतबार  ८ : १६ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र