२०८३, १५ आश्विन शुक्रबार

एमाले सचिवालय बैठकको निर्णयः प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो

एमाले सचिवालय बैठकको निर्णयः प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो


काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

यस्तै, उनले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने गरि ईन्चार्ज तोकिएको बताए ।

उनले भने,‘बैठकले कार्यविभाजनको काम गरेको छ । यसमा प्रदेश इन्चार्जहरु तोक्ने काम भएको छ । जसमा शेरधन राई, कोशी, लीलानाथ श्रेष्ठ मधेश, डा. राजन भट्टराई, बागमती, किरण गुरुङ, गण्डकी, पद्मा अर्याल, लुम्बिनी, गोरखबहादुर बोगटी, कर्णाली र लेखनाथ भट्ट, सुदूरपश्चिम प्रदेश गरि तोकिएको छ ।’

यसको साथै, उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटिका सदस्य गुरु बराललाई मनोनयन गर्ने, आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुईजनालाई पार्टी स्थायी कमिटिको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरि १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २०८१, १८ श्रावण शुक्रबार  ६ : १९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र