२०८२, ४ कार्तिक सोमबार

एमाले सचिवालय बैठकको निर्णयः प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो

एमाले सचिवालय बैठकको निर्णयः प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो


काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

यस्तै, उनले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने गरि ईन्चार्ज तोकिएको बताए ।

उनले भने,‘बैठकले कार्यविभाजनको काम गरेको छ । यसमा प्रदेश इन्चार्जहरु तोक्ने काम भएको छ । जसमा शेरधन राई, कोशी, लीलानाथ श्रेष्ठ मधेश, डा. राजन भट्टराई, बागमती, किरण गुरुङ, गण्डकी, पद्मा अर्याल, लुम्बिनी, गोरखबहादुर बोगटी, कर्णाली र लेखनाथ भट्ट, सुदूरपश्चिम प्रदेश गरि तोकिएको छ ।’

यसको साथै, उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटिका सदस्य गुरु बराललाई मनोनयन गर्ने, आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुईजनालाई पार्टी स्थायी कमिटिको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरि १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २०८१, १८ श्रावण शुक्रबार  ६ : १९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,