२०८२, १७ कार्तिक आईतबार

प्रभु बैंकमा राखिएको पैसा गायब, छानविन हुँदै

प्रभु बैंकमा राखिएको पैसा गायब, छानविन हुँदै


झापा । प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो ।
नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दती खातामा जम्मा गरेकी थिइन् ।
मुद्दती खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भई नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका गएका थिए । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किएपछि बैंकमा गएर रकम निकाल्न खोज्दा दुई लाख रुपैंयाँ मात्र बचत रकम रहेको पाइएको थियो ।
६ महिनाका लागि राखेको रकमको समयावधि सकिएपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगेकी थिइन् । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो ।
‘पैसा लिन जाँदा सबै पैसा गायब थियो, पीडित मञ्जुका श्रीमान पत्रकारसमेत रहेका टीकाराम नेतीले भने,‘किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्छ ।’
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।
नेपालको मात्र होइन, बिर्तामोडका व्यवसायी प्रविण अग्रवालको पनि रकम त्यसरी गायब पारिएको पाइएको छ । अग्रवालले आफ्ना छोराको नाममा खाता खोलेर बचत गरेको रकम बैकले गायब पारेको आरोप लगाएका छन् ।
‘मेरा दुईवटा छोराको नाममा एक लाख ३ हजारका दरले बिर्तामोडमा शाखा रहेको प्रभु बैंकमा मुद्दती खाता खोलेर बचत गरेको थिए, अग्रवालले भने,‘पछि बैंक आएर हेर्दा दुईवटै खातामा दुई सय भन्दा कम मौज्दात रहेको देखियो ।’ उनले २ लाख ६ हजार बचत गरेको भौचर आफूसँग सुरक्षित रहेको भन्दै रकम फिर्ताका लागि बैंकमा निवेदन दिएको बताए ।
नेपालले बैंकको ठगी सार्वजनिक भएपछि ठगिएका हरु पनि सम्पर्कमा आउन थालेको बताएका छन् । बैंकमा रकम छ भनेर ढुक्क भएर नबस्न उनले अरुलाई पनि सुझाव दिएका छन् ।
बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेश बरालले घटनापछि बैंकको केन्द्रिय छानविन टोली बिर्तामोड आउँदै गरेको जानकारी दिए । उनले छानविनपछि यथार्थ थाहा हुने भन्दै उनले बचतकर्ताको रकम हराउन नहुने धारणा राखे ।
उनले बैंकका कर्मचारी सिटौलाले बदमासी गरेको हुनसक्ने आशंका गरे । छानविन समितिले बिहीबारदेखि नै काम सुरु गर्ने उनले बताए । घटनापछि प्रभु बैंकमा रकम जम्मा गर्ने बचतकर्ता त्रसित बनेका छन् ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ४ : २८ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा