२०८३, ३० आश्विन शनिबार

हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे

हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे


काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिका एक धरोहर भएको बताएका छन् । नेपालमा बाम लोकतान्त्रिक सहकार्यका आवश्यक भनेर पुष्पलालले पहिल्यै भन्नुभएजस्तै आज कांग्रेस–एमाले एकै ठाउँमा आइपुगेको औंल्याए ।
विहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले भने,‘नेपालमा वाम–लोकतान्त्रिक सहकार्य हुनुपर्छ भनेर पुष्पलालले प्रारम्भदेखि नै चिन्तन गर्नुभएको थियो । त्यही चिन्तनको परिणतीका रुपमा आजको ठाउँमा आइपुगेका छौं । ०४६ सालको जनआन्दोलन, ०६२।०६३ को जनआन्दोलन र शान्तिप्रक्रिया दुई शक्ति मिलेर नै गरेका हौं । ०४७ सालमा मदन भण्डारीले बहुदलीय जनवाद पनि आजका लागि सान्दर्भिक छ,’ उनले अगाडि भने,‘अहिले हामीले निर्माण गरेको संविधानको बीचको तत्वपनि पुष्पलाल नै हुनुहुन्छ ।’
व्यवस्था र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक सहकार्य आवश्यक रहेको औल्याउँदै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताका लागि हाँसो ल्याउन पुष्पलालले संघर्ष गरेको बताए । उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै सकिन्न । उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ ।’ मन्त्रालयले विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याएका तीन अगुवाहरुलाई विहीबार सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ३ : ३० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा