२०८३, १३ कार्तिक शुक्रबार

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए ।

उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागि उत्प्रेरित गर्ने विषय हो । त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागि ल्याउन आवश्यक रहेको नीति हो सदाचार नीति । यो आवश्यक छ, जरुरी छ र सरकार नीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ । ढिलो भएको भएपनि पारित गरि लागु गर्नका लागि प्रतिवद्धता जनाउन चाहन्छु । यसका लागि सम्मानित समितिबाट सुझाव सल्लाहदेखि सबै कुरा होस् भन्न चाहन्छु ।’

भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै चौतर्फी दबाब आइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले कानुन अनुसार अघि बढ्ने बताए ।

फाइल खोल्नु भनेको मुद्दा अगाडि बढाउनु रहेको बताउँदै उनले कसैको चाहना र रहरले मुद्दा नचल्ने बताए ।

‘फाइल खोल्ने भनेको मुद्दा चलाउने होला नि । फाइल खोलेर यि यता छ भनेर देखाउने त होइन होला । अनि लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ  ? कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने त ? कसैका चाहना र रहरले मुद्दा चल्दैन,’ उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  २ : ३४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित